विश्वकप २०२६ मा आज नेपालकाे दोस्रो खेल: इटालीलाई हराउने लक्ष्य

काठमाडाैं | माघ २९, २०८२

विश्वकप २०२६ मा आज नेपालकाे दोस्रो खेल: इटालीलाई हराउने लक्ष्य

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।

 

इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्ष्य छ ।

 

भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुने खेलमा पहिलोपटक विश्वकप क्रिकेट खेलिरहेको इटाली टोली पनि अनुभवी टोली नेपाललाई हराउने रणनीतिमा हुनेछ।

 

नेपाल भने तेस्रोपटक विश्वकप क्रिकेटमा सहभागी भएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप क्रिकेट खेलिसकेको छ। 

 

नेपालले पहिलोपटक विश्वकप खेल्दा हङकङलाई ८० रन र दोस्रो खेलमा अफगानिस्तानलाई ९ रनले हराएको थियो।

 

त्यसयता नेपालले विश्वकपमा कुनै खेल जित्न सकेको छैन।

 

उता इटाली जारी विश्वकपमा आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हारेको छ।

 

आज एकअर्काविरुद्ध मैदान उत्रिँदा नेपाल र इटाली दुवै पहिलो जित हासिल गर्ने दाउमा हुनेछन्।

 

सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई फराकिलो जितको आवश्यकता छ। आफूले जितेर मात्र हुँदैन, अन्य टोलीको नतिजा पनि आफूअनुकूल आउनुपर्ने हुन्छ।

 

समूह सीका टोलीमध्ये नेपाल र इटाली मात्र अहिलेसम्म जितविहीन छन्। 

 

अंकतालिकामा नेपाल चौथो र इटाली पाँचौँ स्थानमा छन्।

 

यो समूहमा लगातार दोस्रो दोस्रो जित हासिल गर्दै वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा छ।

 

एक खेलमा जित र एकमा हार गरेको स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छन्।

 

समान २/२ अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा भएका हुन्।

 

समूह चरणका खेलबाट शीर्ष स्थानमा पुग्ने २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन्।

 

माघ २४ देखि भारत र श्रीलंकामा एकसाथ सुरु टी-२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन्।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्